रुस पठाइदिने भन्दै रकम लिने दुई जना पक्राउ

सेयर गर्नुहोस्

१३ फागुन, काठमाडौं । रोजगारीका लागि रुस पठाइदिने भन्दै रकम लिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ हलेसी घर भई काठमाडौं नागार्जुन नगरपालिका–१ बस्ने सयन्द्र राई र ललितपुर २६ का सविनकुमार राई छन् । उनीहरूले स्थानीय शेरबहादुर तुम्बापोलाई रुस पठाइदिने भन्दै ६ लाख ५० हजार रकम लिएको प्रहरीले जनाएको छ ।

तुम्बापोलाई रसियाको प्रतिष्ठित कम्पनीमा काम लगाइदिने र त्यहाँ ३ लाख ५० हजार रुपैयाँ तलब हुने प्रलोभवन देखाउँदै उनीहरूले ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । सयन्द्रलाई फागुन १० र सविनलाई ११ गते काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *