पीडितहरुको माग सम्बोधन नगरे संसद अवरुद्ध गर्ने राप्रपाको चेतावनी

सेयर गर्नुहोस्

१३ फागुन, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलनरत मिटरब्याजी पीडितहरुको माग सम्बोधन नगरे संसद अवरुद्ध गर्ने चेतावनी दिएका छन् । २३ लामो पैदल यात्रा गरेर काठमाडौं आएका मिटरब्याज पीडितहरुलाई समर्थन गर्न पुगेका लिङ्देनले मिटरब्याजी पीडितको समस्या समाधान गर्न आग्रह गरे । ‘ढिलो नगर्नुस्, भोलि संसद सुरू हुनुभन्दा अगाडि आन्दोलनका मागलाई सम्बोधन गर्नुस्’ उनले भने, ‘नत्र राप्रपा पार्टीले संसदमा पनि प्रदर्शन गर्छ ।’

सरकार स्वंयम अग्रसर भएर सम्बोधन गरोस् भन्ने चाहेको भएपनि नभएको उनले बताए । राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘मिटरब्याजी पीडितको न्याय मार्च र हिँडाइले मात्रै सरकारले सुन्ला जस्तो नदेखिएपछि साथ दिन राप्रपा आएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *