कुशल मल्लको कीर्तिमान तोडे नामिबियाका लोफ्टीले

सेयर गर्नुहोस्

१५ फागुन, काठमाडौं । नामिबियाका निकोल लोफ्टी(इटनले टी-२० आई क्रिकेटमा कुशल मल्लको कीर्तिमान तोडेका छन् । त्रिवि क्रिकेट मैदान कीर्तपुरमा ३३ बलमा शतक पूरा गर्दै निकोलले कुशलको कीर्तिमान तोडेका हुन् । कुशलले गत सेप्टेम्बरमा मंगोलियाविरुद्ध ६ चौका र ९ छक्का हानेर ३४ बलमा शतक पूरा गरेका थिए । त्यो खेलमा कुशलले ५० बलमा ८ चौका र १२ छक्कासहित १३७ रनको इनिङ खेलेका थिए । नेपालका कुशलले भारतका रोहित शर्मा र दक्षिण अफ्रिकाका डेविड मिलरको ३५-३५ बलको कीर्तिमान तोडेका थिए । तर उक्त कीर्तिमान पाँच महिनापछि कुशलको आँखा अगाडि नै लोफ्टीले तोडेका छन् ।

लेग स्पिनर लोफ्टीको यसअघि टी २० आईमा उच्च प्रदर्शन २०२२ मा जिम्बावेविरुद्ध बनाएको २८ रन नै थियो । तर आज ११ औं ओभरको चौथो बलमा नामिबियाको तेस्रो विकेट गुमेपछि मैदान छिरेका उनले एक अविश्वसनीय इनिङ खेलेका थिए । उनी ३१ बलमै ९६ रनमा पुगेका थिए । अर्को बल दीपेन्द्रले डट राखेपछि ३३ बलमा शतक पूरा गरेका थिए । निकोलले ११ चौका र ८ छक्काको मद्दमा ३३ बलमा शतक पूरा गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *