नेकपा एकीकृत समाजवादी नवलपुरका अध्यक्षसहितको टोली नेकपा एमालेमा प्रवेश

सेयर गर्नुहोस्

१५ फाल्गुन, पोखरा । नेकपा एकीकृत समाजवादी नवलपुरका अध्यक्षसहितको टोली नेकपा एमालेमा प्रवेश भएको छ । एमाले नवलपुर कार्यालयमा केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । अध्यक्ष झविलाल राना, प्रदेश सचिवालय सदस्य श्याम प्रसाद भुर्तेल र खगराज कँडेल, जिल्ला कमिटी उपाध्यक्ष प्रेमनारायण पाण्डे, उपसचिव गोविन्द सुनार, हुमकान्त पराजुली तथा हुप्सेकोट गाउँपालिका र देवचुली नगरपालिका कार्यसमितिका अधिकांश एमालेमा प्रवेश गरेका हुन् ।

यस्तै, नेकपा माओवादी जिल्ला सदस्य तुलसी अर्याल, नेताहरु डनु गिरी, टिकाराम पाण्डे लगायत नेताहरु पनि एमाले प्रवेश गरेका एमाले नवलपुरले जनाएको छ । एमाले प्रवेश गर्नेहरुले पार्टी विभाजनको औचित्य पुष्टि हुन नसकेको बताएका छन् । उपमहासचिव गुरुङले एमाले प्रवेश गरेकाहरुलाई पार्टीले उचित जिम्मेवारी दिने प्रतिबद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *