कर्णाली प्रदेशलाई पछि पारिएको छ, क्षतिपूर्तिसहितको विकास चाहिन्छ : मुख्यमन्त्री शर्मा

सेयर गर्नुहोस्

१६ फागुन, सुर्खेत । मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशलाई पछि पारिएको भन्दै क्षतिपूर्तिसहितको विकास चाहिएको बताएका छन् । कर्णाली पछि परेको होइन, पारिएको हो । यो भाष्य बदल्न जरुरी छ,’ उनले भने, ‘पछि पारिएको प्रदेशमा क्षतिपूर्तिसहितको विकास चाहिएको छ । सुर्खेतमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले संघीय सरकारले संघीयता छिटो लागू गरोस् भन्ने अपेक्षा राखिएको बताए । संघीयताले केही भएन भन्नेहरुले कर्णालीको परिवर्तन हेर्नसमेत सुझाए । उनले बजेट खर्च गर्नका निम्ति खर्च गर्ने कि परिणाम खोज्ने भन्ने विषयमा पनि समीक्षा गर्न आवश्यक रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *