माइतीघर खुला गर्न माग गर्दै राजेन्द्र महतोको टोली प्रदर्शनमा

सेयर गर्नुहोस्

१६ फागुन, काठमाडौं । माइतीघर खुला गर्न माग गर्दै बुधबार काठमाडौंमा प्रदर्शन भएको छ । राजेन्द्र महतो नेतृत्वमा भएको प्रदर्शन भद्रकालीमा आइपुग्दा प्रहरीले रोकेको छ । प्रदर्शनकारीहरु माइतीघरतर्फ अगाडि बढ्न खोजेपछि धकेलाधकेल समेत भएको थियो । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० छाडेका महतोले सोमबार ९१४ फागुन० राष्ट्रिय मुक्ति क्रान्ति नामक अभियान घोषणा गरेका थिए ।

डिल्लीबजार चारखालबाट सुरु भएको आन्दोलन पुतलीसडक, बागबजार, घण्टाघर हुँदै भद्रकाली आएपछि प्रहरीले रोकेको थियो । भद्रकालीदेखि अगाडिको क्षेत्र जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधित क्षेत्र तोकेकाले प्रहरीले आन्दोलनकारीलाई त्यहीं रोकेको थियो । त्यस क्रममा आन्दोलनकारी र प्रहरीबीच धकेलाधकेल भएको थियो । त्यसपछि आन्दोलनकारीले भद्रकालीमै बसेर नाराबाजी र प्रदर्शन गरेका थिए । आन्दोलनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका सुमन सायमी पनि सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *