जनकपुरमा स्कूल बसको ठक्करबाट एक जनाको मृत्यु, पाँचजना गम्भीर घाइते

सेयर गर्नुहोस्

२० फागुन, जनकपुरधाम । जनकपुरमा स्कूल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अन्य पाँचजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीकी ३५ वर्षीया राखी देवी यादव रहेकी प्रहरीले जनाएको छ ।

जनकपुर जलेश्वर सडक खण्ड अन्तर्गत जकपुरधाम उपमहानगरपालिका २३ विन्धिमा जनकपुरको एजन्जल्स स्कुलले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । घाइतेहरुमा स्थानीय पशुपति देवी, अम्बिका झा, ममता देवी यादव लगायत पाँचजना छन् । उनीहरुको प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ । विवाहको लागि मटकोरको माटो पोखरीबाट गइरहेका महिलालाई तिव्रगतिमा रहेको बसले ठक्कर दिएको स्थानीयबासिन्दाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *