अभिनय सबैभन्दा असुरक्षित पेशा हो : महानायक हमाल

सेयर गर्नुहोस्

२० फाल्गुन, काठमाडौं । महानायक राजेश हमालले कलाकार सबैभन्दा असुरक्षित पेशा भएकाको बताएका छन् । सीतापाइलास्थित विल्सन एकेडेमीको २९ औं वार्षिकोत्सवमा बालबालिकासँगको अन्तरक्रियाका क्रममा महानायक हमालले अभिनय सबैभन्दा असुरक्षित पेशा भएकाले ‘प्लान बी’ बनाएर आउन नयाँपुस्तालाई आग्रह गरेक हुन् । अभिनयसँगै उनले पर्फमिङ आर्ट्सका अन्य विधाहरु फोटोग्राफी, खेलकुद र संगीत पनि नेपालमा असुरक्षित पेशाको रुपमा रहेको बताए । ‘अभिनय करिअर अरु पेशाजस्तो होइन । सुरुमा तिमीले यो सुनिश्चित गर्नुपर्छ कि तिमीलाई भित्रैदेखि इच्छा छ कि छैन रु अभिनय करिअर सजिलो पेशा होइन । अभिनय पेशा अरु पेशाजस्तो सुरक्षित छैन,’ उनले भने, ‘यसकारण अभिभावकले यो पेशामा लाग्न प्रोत्साहित गर्दैनन् ।’

उनले डाक्टर, इन्जिनियर, वकिलजस्ता पेशालाई सुरक्षित पेशाको रुपमा अर्थ्याए । ‘तिमी सेना, प्रहरी र शिक्षकजस्ता पेशामा पनि जान सक्छौ, यी सुरक्षित पेशा हुन् । यदि यी पेशामा वर्षौं काम गरेपछि अवकाश हुँदा तिमीले पेन्सन पाउँछौं । त्यसैले यी पेशालाई सुरक्षित भनिएको हो,’ बालबालिकाको प्रश्नको जवाफमा हमालले भने । उनले अभिनयजस्ता पर्फमिङ आर्ट्समा टिकिरहन मुस्किल हुने बताए । ‘यी पेशामा टिकिरहन तिमीले आफ्नो प्रतिभालाई निरन्तरता दिइराख्नुपर्छ । मागअनुसार आफूलाई प्रस्तुत गर्नुपर्छ । अन्यथा तिमी हराउने जोखिम रहिरहन्छ,’ हमालले भने । उनले यो मामिलामा आफू भाग्यमानी रहेको बताए । ‘यो कुरामा म धेरै भाग्यमानी रहें, किनभने ३५ वर्षदेखि यसलाई निरन्तरता दिइराखेको छु । मसँग धेरै सीईओ साथी छन् जसले दुई, चार पाँच वर्षसम्म योगदान दिन्छन् र जान्छन् । त्यसैले म भन्दैछु अभिनय असुरक्षित लाइन हो,’ हमालले भने ।

उनले अगाडि भने, ‘३४ वर्षअघि मलाई यो क्षेत्रमा हुन्छु या हुँदिन भन्ने थाहा थिएन । मेरो पहिलो फिल्म रिलिज हुँदा, मेरो दोस्रो फिल्म कहिले आउँछ भन्ने कुरा मलाई थाहा थिएन । मैले अहिले फिल्म गरिरहँदा अर्को वर्ष फिल्म गर्न सक्छु कि सक्दिन भन्नेमा म निश्चित पनि थिइनँ । प्रत्येक वर्ष मेरा लागि चुनौतीपूर्ण वर्ष थिए । समय बित्दै जाँदा कलाकारलाई मानिसले मन नपराउन पनि सक्ने उनको विश्लेषण छ । उनले भने, ‘पहिलो, दोस्रो, तेस्रो र चौथो वर्ष पुग्दा मानिसले मलाई मन नपराउन सक्छन् । त्यसपछि मेरो करिअर रोकिन सक्छ । यसकारण म अभिनय क्षेत्रलाई असुरक्षित क्षेत्र भन्दैछु । उनले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *