स्कूल बसको ठक्करबाट महिलाको मृत्यु भएपछि जनकपुरको अवस्था तनावग्रस्त

सेयर गर्नुहोस्

२० फागुन, जनकपुरधाम । जनकपुरमा स्कूल बसले ठक्करबाट एक जनाको मृत्यु र ६ जना घाइते भएपछि अवस्था तनावग्रस्त छ । जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीमा एञ्जल्स बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा ३५ वर्षीया राखी देवी यादवको घटनास्थलमै मृत्यु भएको छ । अन्य ६ जना घाइते छन् । स्थानीयबासिन्दाले ठक्कर दिने बस जलाउने प्रयास गरेपछि प्रहरीसँग झडप भएको छ । स्थानीयबासिन्दाले प्रहरीमाथि नै ढुंगामुढा गरेका छन् । त्यसक्रममा करिब आधा दर्जन अश्रुग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *