प्रधानमन्त्री दाहाल र अध्यक्ष ओली बिच भेटबार्ता

सेयर गर्नुहोस्

२० फाल्गुन, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका छन् । ओली प्रचण्डलाई भेट्न आइतवार बिहान बालुवाटार पुगेका हुन् । भेटमा समसामयिक राजनीतिका साथै शान्ति प्रक्रियालाई टुंग्याउने विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस विज्ञको भनाई छ । पछिल्लो समय राष्ट्रियसभा अध्यक्षमा कांग्रेस र माओवादीबीचको किचलोले फेरि वाम गठबन्धनको खिचडी पाक्न लागेको आकलन गरिएको छ । यसैले ओलीसँग प्रचण्डले गरेको ‘ब्याक टू ब्याक’ छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *