म नमरेसम्म देशमा उथलपुथल भईरहन्छ : प्रधानमन्त्री दाहाल

सेयर गर्नुहोस्

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफु नमरेसम्म देशमा उथलपुथल भईरहने बताएका छन् । गठबन्धन परिर्वतन गरेका प्रधानमन्त्री प्रचण्डले निरन्तरतामा क्रम भंगता भएको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले सोमबार नेपाली कांग्रेससँग गरेको गठबन्धन तोड्दै नेकपा एमालेसँग नयाँ गठबन्धन बनाएका छन् । सोमबार दिउँसो काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यसलाई नयाँ उथलपुथल भएको बताए । उनले भने, ‘माओवादी जमेको पोखरी जसरी बस्ने होइन, गडगडाउने नदी जस्तो हो ।’ माओवादी निरन्तरतामा रमाएर बस्न नसक्ने भएकाले निरन्तरतामा क्रम भंग गरेको उनको भनाइ छ । घेरा हालेर सिध्याउने कोशिश भएपनि त्यसलाई तोड्दै आएको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘म नर्मदासम्म देशमा उथलपुथल भइराख्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *