मन्त्रालय बाँडफाँट टुङ्ग्याउनका लागि ४ सदस्यीय कार्यदल गठन

सेयर गर्नुहोस्

२१ फाल्गुन, काठमाडौं । मन्त्रालय बाँडफाँट टुङ्ग्याउनका लागि ४ सदस्यीय कार्यदल गठन गरिएको छ । नेकपा एमाले र नेकपा माओवादीसहितका नयाँ गठबन्धनसँगै निर्माण हुने नयाँ सरकारमा मन्त्रीहरुको सङ्ख्या र कार्यविभाजन टुङ्ग्याउन चार सदस्यीय कार्यदल बनाइएको हो ।

जसमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल, माओवादीबाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीवाट सभापति रवि लामिछाने र जसपा नेपालबाट अध्यक्ष उपेन्द्र यादव रहेका छन् । आजै बेलुका ५ बजेपछि नयाँ मन्त्रीहरूले सपथ लिने प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *