नयाँ सत्ता गठबन्धनमा राप्रपालाई समाबेश नगर्ने

सेयर गर्नुहोस्

२१ फाल्गुन, काठमाडौं । नयाँ सत्ता गठबन्धनमा राप्रपालाई समाबेश नगर्ने सहमती भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपालाई प्रतिगमनकारी शक्ति भन्दै गठबन्धनमा नसमेट्ने सहमति गरेका हुन । हिजो प्रधानमन्त्रीले विभिन्न दलका शीर्ष नेताहरूलाई बोलाएर बालुवाटारमा छलफल गरेका थिए । तर, राप्रपालाई बोलावट भएन । अहिले व्यवस्था विरोधी आन्दोलनमा रहेको राप्रपाले पनि नयाँ गठबन्धनमा सामेल हुन चासो दिएको छैन ।

आज माओवादी बैठकपछि सचिव देवेन्द्र पौडेलले गठबन्धनमा राप्रपालाई नसमेटिने बताए । उनले भने, ‘राप्रपा आउने सम्भावना छैन । हामीले प्रष्ट रूपमा भन्यौँ काँग्रेस छोड्नु र राप्रपा ल्याउनु झन् प्रतिगमनकारी हुन्छ । राप्रपासँग कतिपय अरू गणितीय प्रसङ्ग त चल्ला । पार्टी भएपछि हामीले नकारात्मक रूपमा राख्ने कुरा त भएन । तर यो प्रणालीकै विपक्षमा उहाँहरू हुनुहुन्छ । त्यस कारण सरकार बनाउने कुरा उहाँहरूसँग मिलेर नजाने भन्ने कुरा प्रष्टै भनेका छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *