हामिले राजिनामा दिनुपर्ने कुनै कारण छैन : कांग्रेस मन्त्री

सेयर गर्नुहोस्

२१ फाल्गुन, काठमाडौं । नयाँ मन्त्रीमण्डल बनाउने तयारी गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका मन्त्रीहरुलाई राजीनामा दिन र नदिए बर्खास्त गर्ने सन्देश कांग्रेस सभापति शेरबहादुर देउवा समक्ष दिएका छन्। नयाँ सत्तासमीकरण र नयाँ मन्त्रीमण्डल बनाउन एमाले र रास्वपाका नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलमा जुटेसँगै कांग्रेसको पदाधिकारी बैठक बसेको छ।

बैठकस्थलबाट केहि मन्त्री बाहिर निक्किएका छन्। पदाधिकारी बैठकमा निस्किएपछि कांग्रेस मन्त्रीहरुको राजीनामा के हुन्छ भन्ने प्रश्नमा अर्थमन्त्री प्रकाशशरण महतले नयाँ गठबन्धन बन्ने भएपछि राजीनामा दिनुपर्ने आवश्यकता नरहेको बताए। महतले गठबन्धन प्रधानमन्त्री प्रचण्डले तोडेकाले कांग्रेसका मन्त्रीले आफैँ राजीनामा नदिने बताए । ‘प्रधानमन्त्रीले गठबन्धन तोडेको जानकारी दिनुभयो। कांग्रेसले गठबन्धन तोडेको होइन।’उनले भने,‘नयाँ गठबन्धन बन्ने भएपछि राजीनामा दिनुपर्ने आवश्यकता छैन। हामी राजीनामा दिँदैनौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *