रास्वापाले दियो तात्कालिक निर्णय गर्ने अधिकार सभापति रवि लामिछानेलाई

सेयर गर्नुहोस्

२१ फाल्गुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठकले राजनीतिक परिस्थितिमा आइपर्ने तात्कालिक निर्णय गर्ने अधिकार पार्टी सभापति रवि लामिछानेलाई दिने निर्णय गरेको छ। आइतबार बिहान हात्तीगौंडास्थित सभापति लामिछानेको निवासमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। ‘समसामयिक राजनीतिक घटनाक्रमबारे पार्टी सभापतिले बैठकलाई जानकारी गराउनुभयो र त्यसका बारेमा छलफल गरियो। बैठकले राजनीतिक परिस्थितिमा आइपर्ने तात्कालिक निर्णय गर्ने अधिकार पार्टी सभापतिलाई दिने निर्णय गर्‍यो,’ उपसभापति डिपी अर्यालले जानकारी दिए। संक्रमणकालीन न्यायमा दलहरू लचिलो भएसँगै राजनीतिक घटनाक्रमले तीव्रता लिएको छ।

अहिले बिहान प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर बालकोटस्थित निवासमा बसिरहेको छ। यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का बालुवाटार पुगेका छन्। बालकोटमा नेकपा ९माओवादी केन्द्र०को पदाधिकारी बैठक पनि बसिरहेको छ। बैठकपछि सभापति देउवा र रक्षामन्त्री खड्कासँग छलफल हुने माओवादी केन्द्रका एक नेताले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *