कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

सेयर गर्नुहोस्

२२ फागुन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो ३ बजे बस्ने तय भएको छ । सभापति शेरबहादुर देउवाको निजी निवास, बुढानीलकण्ठमा बैठक बस्ने तय भएको हो ।  बैठकका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि आग्रह गरिएको छ । सत्ता समिकरण फेरिएसँगै पछिल्लो घटनाक्रमबारे छलफल गरी नयाँ रणनीतिका विषयमा बैठक बोलाइएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *