अन्य पार्टीहरुको जस्तो गल्ती रास्वपाले गर्दैन : प्रमुख सचेतक परियार

सेयर गर्नुहोस्

२४ फाल्गुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले काम गर्न नसके पार्टीका मन्त्रीहरूले सरकार छाड्ने बताएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक सन्तोष परियारले आफूहरू अरू पार्टीले गरेजस्तो गल्ती गर्न नभएको बताए। उनले भने, ‘हामीले सुशासन कायम गर्न सक्छौँ कि सक्दैनौँ भन्ने हो। राजनीतिक आन्दोलनले स्थापित गरेको व्यवस्थालाई जीवनमा उतार्न सकिन्छ भन्ने विश्वासका साथ आएको छौँ। 

हामी जुन दिन काम गर्न सक्दैनौंं। त्यो दिन सत्ताबाट हट्नेछ। उनले तुलनात्मक रूपमा संविधान दक्षिण एसियाकै सबैभन्दा राम्रो बनाएकाले बचाउनको लागि गठबन्धन गर्न आग्रह गरे। उनले प्रश्न गरेर मात्रै नहुने भएकाले सरकारमा गएर काम गरेर देखाउने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *