लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाविरुद्ध प्रधानमन्त्रीले कुठराघात गरे : काँग्रेस

सेयर गर्नुहोस्

२४ फाल्गुन, काठमाडौं । नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा भएका सहमतिलाई तोडेर एकतर्फीरुपमा गठबन्धन तोडेको ठहर गरेको छ। मन्त्रिपरिषद् पुनर्गठनपछि बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखकले मुलुकको दिगो शान्तिका लागि गरिएको गठबन्धन भत्काएर प्रधानमन्त्री दाहालले कांग्रेसको मात्रै नभइ लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाविरुद्ध कुठराघात गरेको आरोप लगाए।

मुलुकमा दिगो शान्ति, सुशासन,संविधानको रक्षा विकास र समृद्धि प्राप्त गर्ने राजनीतिकलाई स्थिरता साथ अगाडि बढाउने हाम्राबीच सहमति भएका थिए। प्रचण्डजीले गठबन्धनको मूल्य र मान्यतालाई भत्काएर गठबन्धनमा भएका सहमतिलाई तोडेर एकतर्फीरुपले अविश्वासनीयरुपले गठबन्धन तोड्नुभयो। त्यो हाम्रो ठहर हो,ुउनले भने,ु निर्वाचनका समयमा नेपाली जनताका बीचमा बोलेका बाचाहरू, प्रतिज्ञाहरूलाई वेवास्ता गर्दा नेपाली कांग्रेसप्रति मात्रै विश्वासघात होइन यो संविधान संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाका विरुद्ध कुठराघात हो। यो जनमतको पनि घोर अपमान हो।ु

कांग्रेस नेता लेखकले गठबन्धनका नाममा प्रधानमन्त्री प्रचण्ड आफ्नो जिम्मेवारीबाट भाग्न खोजेको आरोप लगाए। उनले भने,ुजनताको जनमतको अपमान गर्दै कपोकल्पित कथा बुनेर,सानातिना मुद्दा उठाएर आफ्नो जिम्मेवारीबाट भाग्ने, गठबन्धनलाई भत्काउने र अविश्वसनीय काम गरेकाले यसलाई हामीले भन्नैपर्छ राजनीतिक बेइमानी हो।ु

 

प्रधानमन्त्री दाहालले कांग्रेससँगको गठबन्धन भत्काएर एमाले नेतृत्वमा नयाँ गठबन्धन बनाएका छन्। प्रचण्डले गठबन्धन तोडेपछि कांग्रेसले समर्थन फिर्ता लिएको छ। आज बसेको संसदीय दलको बैठकले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

गठबन्धन तोडेर प्रचण्डले राजनीतिक बेइमानी गरेको कांग्रेसको ठहर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *