२४ फाल्गुन, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नवगठित सरकारलाई जनपक्षीय काममा लाग्न शुभकामना दिएका छन्। बिहीबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै बर्तौलाले वर्तमान सरकारलाई शुभकामना दिँदै देश र जनताका पक्षमा काम गर्न सुझाव दिएका हुन्। उनले भने, ‘यो सरकारले विकास, सुशासन, समृद्धि र सामाजिक न्यायलाई ध्येय बनाएर काम गर्नुपर्छ । यो सरकारलाई लुलो हुने छुट छैन । यो सरकारलाई कमजोर हुने, असफल हुने छुट छैन।’