राष्ट्रिय सभाको उम्मेदवार चयन गर्न माओवादी केन्द्रको बैठक बस्दै

सेयर गर्नुहोस्

२७ फागुन, काठमाडौं । राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार चयन गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । बैठकले मंगलबार हुने राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार तय गर्ने छ । राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारमा राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्याल, झक्कुप्रसाद सुवेदी र नारायण दाहाल दाबेदार छन् ।

शनिबार बसेको पार्टी संसदीय दलको बैठकमा दलका नेता एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार आइतबार टुंगो लगाउने बताएका थिए । यसअघि गठबन्धनका नेताहरू बीच राष्ट्रिय सभा अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेलाई दिने लिखित सहमति भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *