अन्य थुनुवा महिलालाई समेत अनावश्यक उचालेर प्रहरीलाई हैरान बनाएर बित्छन् शर्मिला वाइबाका दिनचर्या

सेयर गर्नुहोस्

२७ फागुन, काठमाडौँ। आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा यही फागुन १६ गतेदेखि प्रहरीको थुनामा छिन् । आफूमाथि कुटपिट गरेको भन्दै हास्यकलाकार पवन खतिवडा ‘म्याकुरी’ले प्रहरीमा उजुरी दिएपछि उनी पक्राउ परेकी हुन् ।

शर्मिलाले प्रहरी कार्यालयभित्र समेत हैरानी दिएको प्रहरीको भनाइ छ । महारागन्ज प्रहरीको थुनुवाकक्षमा हाल १० महिला थुनुवा राखिएको छ । उनीहरूलाई समेत अनावश्यक उचालेर प्रहरीलाई हैरानी दिने गरेको महाराजगन्ज प्रहरीको भनाइ छ । बयान दिँदा समेत उनी प्रहरीमाथि नै जाइलाग्ने गरेको बताइएको छ । उनलाई महिला प्रहरीको विशेष निगरानीमा राखिएको छ । शर्मिलामाथि नेपाल प्रहरीको साइबर ब्युरोमा समेत उजुरी दिइएको छ । पवन र उनकी श्रीमती सुम्निमाबीचको विवादका क्रममा पवनमाथि हातपात गरेपछि उनी प्रहरीको थुनामा बस्नुपरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *