एमाले गोरखा जिल्ला कमिटीको अध्यक्षमा सुरेन्द्र थापा निर्वाचित

सेयर गर्नुहोस्

२८ फागुन, गोरखा । नेपाल कम्युनिष्ट पार्टी एमालेको गोरखा जिल्ला कमिटीको अध्यक्षमा सुरेन्द्र थापा निर्वाचित भएका छन् । पार्टीको ८ औं जिल्ला अधिवेशनमा आइतबार भएको मतदानमा २८० मत प्राप्त गर्दै थापा अध्यक्ष निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी कृष्ण नेपालीले २०५ मत पाए ।

त्यस्तै उपाध्यक्षमा मेनबहादुर अधिकारी २७० मत ल्याएर निर्वाचित हुँदा प्रतिस्पर्धी कमल दानीले १२१ र कृष्ण काप्रीले ७१ मत पाए । सचिवमा काजिराम रोका ३५३ मत पाएर निर्वाचित भए भने प्रतिस्पर्धी उपेन्द्र देवकोटाले १०५ मत पाए । उपसचिवमा मनोज जोशी र शान्ति चापागाईं निर्वाचित भएका छन् । जोशीले २६५ र चापागाईंले ३२० मत पाए । खुलातर्फका उपसचिव पदका उम्मेदवार विष्णु पन्तले ११४ र सञ्जित श्रेष्ठले ६७ मत प्राप्त गरेका थिए भने महिलातर्फकी उपसचिव नानुमाया थापा मगरले १५० मत प्राप्त गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *