कार्यव्यवस्था परामर्श समिति सदस्यमा सुनिता बराल मनोनीत

सेयर गर्नुहोस्

२ चैत, काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बराल प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति सदस्यमा मनोनीत भएकी छन् । यसअघि एमालेको तर्फबाट पदम गिरी कार्यव्यवस्था परामर्श समिति सदस्य थिए । उनी कानूनमन्त्री भएपछि बराललाई सदस्यमा मनोनीत गरिएको हो । सभामुख देवराज घिमिरेले बराल सदस्यमा मनोनीत भएको शुक्रबारको प्रतिनिधि सभाको बैठकमा जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *