सरकारको गतिमा परिवर्तन ल्याउन र देशमा सुशासन कायम गर्नको निम्ति नयाँ समीकरण बनाइएको हो : प्रधानमन्त्री

सेयर गर्नुहोस्

४ चैत, पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको गतिमा परिवर्तन ल्याउन र देशमा सुशासन कायम गर्नको निम्ति नयाँ समीकरण बनाइएको बताएका छन् । आइतबार बिहान पोखरामा पार्टीका अगुवा नेता(कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘कांग्रेसबाट सबैजसो निर्वाचनमा धोका भयो । भोलि पनि यस्तै हुने देखियो । एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमानदार नहुने परिस्थितिले नयाँ गठबन्धनमा गएका हौं।’

नयाँ गठबन्धन बन्नुमा संविधानको रक्षा र सुदृढीकरण र वामपन्थी आन्दोलनको रक्षा नै मुख्य विषय भएको उनले दाबी गरे । ‘कम्युनिस्ट आन्दोलन विभाजित हुँदा राष्ट्रिय राजनीतिमा प्रतिगामी धारा बलियो हुँदै जान्छ। त्यसले व्यवस्थामाथि नै सङ्कट ल्याउँथ्यो। त्यो चुनौती पार गरिएको छ देशका राजनीति सही बाटोमा आएको छ,’ उनले भने । अर्को प्रसंगमा उनले पार्टीलाई सुदृढ गर्न एक महिने अभियान चलाइने पनि बताए । राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न लागेको बताउँदै उनले पूर्वदेखि पश्चिमसम्मसम्म उत्तर(दक्षिणका भूगोल जोडेर अभियान चलाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *