४ चैत, पोखरा । पर्यटकीय नगरी पोखरालाई आज नेपालको पर्यटकीय राजधानी घोषणा गरिने भएको छ । आज दिउँसो पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी गरिएको मेयर धनराज आचार्यले जानकारी दिए । उनले आइतबार ९आज० पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने बताए । उनका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटकीय राजधानी घोषणा गर्ने कार्यक्रम तय गरिएको छ ।
पर्यटकीय नगरी घोषणा कार्यक्रमको अवसरमा बसुन्धानरा पार्कदेखि विभिन्न झाँकीसहितको जुलुस निकालिने र बाराहीघाटमा औपचारिक घोषणासभा हुने उनको भनाइ छ । उनले पर्यटन क्षेत्रको विकासले पोखरा र गण्डकी प्रदेशकै अर्थतन्त्रमा सहयोग पुग्ने बताए । पोखरालाई पर्यटकीय राजधानीको रूपमा विकास गर्ने हेतुले आगामी बजेटलाई केन्द्रित गरेर पनि छलफल गर्न सुरु गरिएको उनको भनाइ छ ।