गोकुल बाँस्कोटाको ‘७० करोड’सँग सम्बन्धित टेप मैले नै पत्रकारलाई दिएको हुँ : रामहरि खतिवडा

सेयर गर्नुहोस्

५ चैत्र, काठमाडौं । कांग्रेस सांसद रामहरि खतिवडाले एमाले सांसद गोकुल बाँस्कोटासँग भएको ७० करोड रुपैयाँको घुससम्बन्धी टेलिफोन वार्ताको टेप आफूले नै मिडियालाई दिएको खुलासा गरेका छन्। सोमबार संसद् भवनबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद खतिवडाले यस्तो खुलासा गरेका हुन्।

गृहमन्त्री रवि लामिछाने सहकारी ठगी मुद्दामा मुछिएको भन्दै कांग्रेसले संसदमा प्रधानमन्त्रीको जवाफ मागेको छ। तत्कालीन सञ्चारमन्त्री बाँस्कोटा टेपकान्ड बाहिरिएपछि नैतिकताका आधारमा अर्को दिन नै राजीनामा दिएको प्रसंग उल्लेख गर्दै सांसद खतिवडाले गृहमन्त्रीमाथि प्रश्न उठेपछि यसबारे प्रधानमन्त्रीको धारणा जान्न चाहेको बताए। 

उनले भने, ‘गल्ती गरेको छ भने पक्राउ पर्दा म खुसी हुने मान्छे हो। गल्ती गरेको छ भने सानो–ठूलो जोसुकै भए पनि पक्राउ पर्नुपर्छ। सुनकान्डसँग सम्बन्धित प्रतिवेदन आएको छ। सिआइबीले पनि केही नाम उल्लेख गरेको छ। पैसा माग्यो भनेका छन्। गोकुल बाँस्कोटाको तत्कालीन अवस्थाको टेप मैले कुनै पत्रकारलाई दिएको थिएँ। आज खुलस्त पार्न चाहन्छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *