फागुन महिनामा मात्र एक सय ९३ फरार प्रतिवादी पक्राउ

सेयर गर्नुहोस्

८ चैत, काठमाडौं । नेपाल प्रहरीले पछिल्लो सयम विभिन्न आपराधिक क्रियायाकलाप गरी अदालतको फैसलामा सजाय तोकिइ फरार रहेका बिभिन्न अपराधिक पृष्ठभुमिका प्रतिवादी पक्राउ पर्ने क्रम बढेको छ । यसै सिलसिलामा जिल्ला प्रहरी परिसर काठमाडौं तथा मातहत प्रहरी कार्यालयको टोलीले गएको फागुन महिनाको अवधिमा मात्रै विभिन्न मुद्दाका एक सय ९३ फरार प्रतिवादी पक्राउ परेको जनाइएको छ ।

कानुनी राज्य र विधिको शासन प्रत्याभूति गराउने अभियानअन्तर्गत फागुन महिनाको फैसला कार्यान्वयन गर्न जिल्ला प्रहरी परिसर काठमाडौं र मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले फरार प्रतिवादी पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिए । उनले भने, “विभिन्न आपराधिक गतिविधि गरेर अदालतको फैसलामा सजाय तोकिए पनि फरार रहेकालाई पक्राउ गर्ने अभियान (फैसला कार्यान्वयन) अन्तर्गत फागुनमा एक सय ९३ जना पक्राउ परेका छन, पक्राउ परेकाबाट रु ४७ लाख ३३ हजार तीन सय ५५ जरिवाना असुलउपर गरिएको छ । पक्राउ पर्ने प्रतीवादीमा जुवा, सवारी ज्यान, चोरी, गालीबेइज्जती, जालसाजी, चेक अनादर, ठगी, विद्युतीय कारोबार ऐनलगायतका मुद्दासँग सम्बन्धित रहेका प्रवक्ता तथा प्रहरी उपरीक्षक अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *