दलित समुदायको आत्मसम्मानको पक्षमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल

सेयर गर्नुहोस्

८ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दलित समुदायको आत्मसम्मानको पक्षमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । ५९औं जातीय विभेद उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा बिहीबार आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले दलित समुदायको आत्मसम्मान, समानता र सामाजिक न्यायको पक्षमा सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

इतिहासदेखि नै थिचिएका, मिचिएका र अपमानित जीवन व्यतित गर्न बाध्य पारिएका दलित समुदायलाई सरकारका तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु,’ प्रधानमन्त्रीले भने, ‘उहाँहरूको आत्मसम्मान, समानता र सामाजिक न्यायको पक्षमा सरकार प्रतिबद्ध छ । संयुक्त राष्ट्रसंघले सबै प्रकारका जातीय भेदभाव उन्मूलन गर्ने संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय महासन्धि, १९६५ पारित गरी २१ मार्चलाई सन् १९६६ मा अन्तर्राष्ट्रिय रङ्गभेद उन्मूलन दिवसको रूपमा मनाउने घोषणा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *