चैतमा परेको हिउँले खुम्बु क्षेत्र सेताम्मे

सेयर गर्नुहोस्

८ चैत, सोलुखुम्बु । सगरमाथा क्षेत्रमा भारी हिमपात भएको छ । चैतमा परेको हिउँले खुम्बु क्षेत्र सेताम्मे बनेको छ भने पर्यटकदेखि बालबालिका हिउँ खेलेर रमाइरहेका खुम्जुङका स्थानीय छिमी शेर्पाले बताउनुभयो । उनका अनुसार खुम्बु क्षेत्रमा आठदेखि दश इन्चसम्म हिउँ जमेको छ । हिमपातपछि किसान भने खुसी भएका छन् । यतिखेर हिमाली भेगमा आलु रोप्ने समय भएकाले जमिन रसिलो हुने खुम्जुङकी ल्हेमी शेर्पाले बताए । चैतमा हिमपात भएपछि स्थानीयदेखि पर्यटन व्यवसायीसमेत आश्चर्यमा परेका उनको भनाइ छ ।

विगतमा पुस, माघमा पर्ने हिउँ अहिले चैतमा पर्नु स्वाभाविक मान्न नसकिने नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए । जलवायु परिवर्तनको असरका कारण हिमाली भेगमा अस्वाभाविक प्रणाली देखिन थालेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । यस सिजनमा वर्षात् हुनुपर्ने भए पनि नाम्चेसहितका क्षेत्रमा पुस, माघकै झल्को दिनेगरी भारी हिमपात भएको स्थानीय साङ्गे शेर्पाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *