जनार्दनको अडान : कर्णालीको नेतृत्व माओवादीले नै गर्नुपर्छ

सेयर गर्नुहोस्

१४ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नयाँ गठबन्धनको भागबण्डामा पनि कर्णाली प्रदेशको मुख्यमन्त्री माओवादीले नै राख्नुपर्ने बताएका छन् । बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकमा उपमहासचिव शर्माले कर्णालीको मुख्यमन्त्री एमालेलाई छाड्ने कुरा मान्य नहुने बताएका हुन् ।

‘जनाधारको हिसाबले, बढी प्रतिशत जितेको हिसाबले र अहिले पनि माओवादीकै मुख्यमन्त्री भएका हिसाबले कर्णाली प्रदेशको मुख्यमन्त्री माओवादीले छोड्ने कुरा उचित हुँदैन, त्यसो गर्न पाइँदैन र छोडेमा पनि मान्य हुँदैन भनेर भन्नुभयो’, शर्माको भनाइ उधृत गर्दै बैठकका एक सहभागीले भने ।

सत्ता गठबन्धनमा रहेका दलहरुबीच प्रदेश भागबण्डा हुँदा एमालेले कोशी, गण्डकी र कर्णाली लिने र माओवादीले बागमती र लुम्बिनी लिने विषयमा छलफल भएको थियो । तर शर्माको जवाफमा अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनका नेताहरूसँग छलफल भइरहेको र अहिले नै प्रदेशको भागबण्डा नटुंगिएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *