भिजिट भिसामा महिलाहरुलाई पठाउने गिरोहलाई राजनीतिक संरक्षण रहेको छ : गृह सचिव अर्याल

सेयर गर्नुहोस्

१४ चैत, काठमाडौं । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले भिजिट भिसामा महिलाहरुलाई पठाउने गिरोहलाई राजनीतिक संरक्षण रहेको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा गृहसचिव अर्यालले नेपाली महिलाहरुलाई भिजिट भिसामा श्रमका लागि पठाउने विषय गम्भीर रहेको बताए ।

उनले भने, ‘केही मान्छेहरुको प्रोफेसन यही छ र त्यस्ता मान्छेहरुलाई पोलिटिकल ब्याक छ । आवश्यक परेको बेला म भनौंला । दलाल र विचौलियालाई राजनीतिक संरक्षण नहुने हो भने यो सहजै अन्त्य हुने उनको दाबी छ । यसका लागि गृह मन्त्रालयले श्रम तथा रोजगार मन्त्रालयसँग छलफल थालिसकेको सचिव अर्यालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *