५ लाख माग्दै युवतीलाई ब्ल्याकमेल गर्ने अनेरास्ववियुको नेतृ रक्षा बम पक्राउ

सेयर गर्नुहोस्

१४ चैत, काठमाडौँ । अनेरास्ववियुको केन्द्रिय सदस्य नेतृ रक्षा बम पक्राउ परेकी छन् । युवतीलाई ब्ल्याकमेल गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त महाराजगञ्जमा रश्मिला कुमारी धामीले दिएको जाहेरीपछि बमलाई ओशो तपोवन क्षेत्रबाट प्रहरीले बुधबार पक्राउ गरेको हो ।

बमले धामीको मोबाइलमा अनधिकृत प्रवेश गरी गोप्य कागजात लिई ५ लाख माग गरेको पीडितको जाहेरीमा उल्लेख छ । उनीविरुद्ध आपराधिक लाभ प्राप्त गर्न नहुने कसुरमा अनुसन्धान गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *