नेकपा एकीकृत समाजवादीले इलाम-२ मा जीतबहादुर राईलाई उम्मेदवार बनाउने

सेयर गर्नुहोस्

१५ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीले इलाम-२ मा हुने उपनिर्वाचनमा जीतबहादुर राईलाई उम्मेदवार बनाएको छ । समाजवादीले इलाम क्षेत्र नम्बर(२ मा राई र बझाङ–१ ‘क’ मा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । राई इलामकै माईजोगमाई गाउँपालिकाका पूर्वअध्यक्ष हुन् ।  उम्मेदवारहरूलाई टिकट दिइसकिएको छ । इलाम–२ र बझाङ–१ ‘क’मा आउँदो वैशाख १५ गते उपनिर्वाचन हुँदै छ । त्यसका निम्ति यही चैत २४ गते उमेदवारको मनोनयन पत्र दर्ता गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *