इलाम २ मा लक्ष्मी गुरूङलाई उम्मेदवार बनाउने राप्रपाको निर्णय

सेयर गर्नुहोस्

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी गुरूङलाई उम्मेदवार बनाउने भएको छ । बिहीबार बसेको संसदीय बोर्ड बैठकले गुरूङलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

इलाम २ मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगको छ । राप्रपा युवा नेता गुरूङ पार्टीको शिक्षा विभागमा रहेर काम गर्दै आएका थिए । उनी राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका पूर्वउपाध्यक्ष हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *