गुल्मीमा एक ब्यक्ति मृत भेटिए

सेयर गर्नुहोस्

१८ चैत, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका–६ का ४८ वर्षका घनश्याम भण्डारी मृत भेटिएका छन् । शनिबार दिउँसो घरबाट हिँडेका भण्डारी बेलुकी अबेरसम्म नआएपछि खोजतलास गर्ने क्रममा आइतबार बिहान सत्यवती गाउँपालिका–५ को हंसरास्थित रुम्दाखोल्सामा फेला परेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

 मृतक भण्डारीका विगत लामो समयदेखि आफ्ना दाजुसँग बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक अनिल थापाको कमाण्डमा प्रहरी खटिएको छ । मृतकको श्रीमती दुई छोरी र एक छोरा लिएर चितवनस्थित माइतमै बस्ने गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *