बागमती प्रदेशमा मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

सेयर गर्नुहोस्

१८ चैत, हेटौंडा । नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस बागमती प्रदेश समितिको आइतबार काठमाडौंमा बसेको बैठकले बागमती प्रदेश संसदीय दललाई मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न निर्देशन दिएको छ । बैठकले पार्टीका सम्पूर्ण प्रदेश सांसदहरूलाई तटस्थ नबस्न र विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको कांग्रेस बागमती प्रदेश समितिका मुख्यसचिव राजु नेपालले जानकारी दिए ।

बागमती प्रदेशसभामा मुख्यमन्त्री जमकट्टेलले भोलि विश्वासको मत लिन लिने कार्यक्रम छ । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा नेपालको संविधानको धारा १८८ को उपधारा ९२० अनुसार मुख्यमन्त्रीले प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । बागमतीको १ सय १० सदस्यीय प्रदेशसभामा जमकट्टेलले ५६ मत जुटाएमा उनी मुख्यमन्त्रीमा कायम रहनेछन् । बागमतीमा कांग्रेसको ३७, एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपा १३, एकीकृत समाजवादीको ७, नेमकिपा ३ र हाम्रो नेपाली पार्टीको दुई सिट छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *