अखिल र क्रान्तिकारीका विद्यार्थीहरुबीच झडप, दुई विद्यार्थी घाइते

सेयर गर्नुहोस्

१९ चैत, काठमाडौं । लैनचौरस्थित अमृत साइन्स क्याम्पस (अस्कल)मा नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल र माओवदी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी निकट विद्यार्थीबीच हँदा क्रान्तिकारीमा आबद्ध दुई विद्यार्थी घाइते भएका छन् ।  घाइते हुनेहरुमा विश्राम शर्मा र गितेन्द्र भण्डारी छन् । उनीहरुलाई सामान्य चोट लागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । त्यस्तै उनीहरुमाथि कुटपिट गरेको आरोपमा प्रहरी वृत्त सोह्रखुट्टेले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरी नियन्त्रणमा रहनेहरुमा अखिल निकटका गणेश शाही र पंकज पाण्डे छन् । आइतबार साँझ घटना भएको प्रहरीले जनाएको छ । अहिले दुई पक्षबीच छलफल गर्ने तयारी भएको छ । प्रहरीका अनुसार पहिलादेखिकै रिसिइबीका कारण सामान्य झगडा भएको देखिन्छ । ‘कुनै पर्टिकुलर कारणले झगडा भयो भन्ने भन्दा पनि फरक-फरक संगठनमा आबद्ध रहेकाले उनीहरुबीच पहिलादेखि नै विवाद हुँदै आएको देखिन्छ,’ एसपी अधिकारीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *