रेशम चौधरी दम्पतीबीचको विवादले पार्टीको बैठकमा कुटाकुट

सेयर गर्नुहोस्

१९ चैत,काठमाडौं। रेशम चौधरी दम्पतीबीचको विवादले पार्टीको बैठकमा कुटाकुट भएको छ। अनामनगरस्थित नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यालयमा बैठक बसिरहेका बेला चौधरी र उनकी पत्नी रन्जिता पक्षधर नेताहरबीच हात हालाहाल भएको हो। वर्तमान सत्ता गठबन्धनमा सहभागी हुने रन्जिता पक्षको अडान छ। तर सो गठबन्धनमा जोडिन नहुने रेशम पक्ष रहेको छ। यसरी पतिपत्नीबीच भएको विवादले कुटाकुटको अवस्था सिर्जना गरेको सोही पार्टीका एक नेताले बताए। 

रेशम पक्षका सांसदहरू सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा सहभागी रन्जिता पक्षले उनीहरू सरकारबाट फिर्ता हुनुपर्ने बताएको छ। रन्जिता अहिलेको सत्ता गठबन्धनमा समाहित हुनुपर्ने पक्षमा छिन्। रेशम त्यसविरूद्धमा उभिएका छन्। यो विवाद बढ्ने क्रममा रेशम दम्पतीबीच दरारको स्थिति पैदा गराएको छ । उक्त विवादले पार्टी विभाजनकै मुखमा पुगेको छ। नाउपाको अध्यक्षमा रेशम चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि सो पार्टीमा पछिल्लो समय संस्थापक २१ जना केन्द्रीय सदस्यहरूको बैठक बस्ने गरेको छ। अध्यक्ष भएकाले रन्जिताले विभिन्न निर्देशन दिँदै आएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *