१५ हजार घुस लिएको अवस्थामा रोजगार विभागका लेखापाल विरुद्ध मुद्दा दायर

सेयर गर्नुहोस्

१९ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग ताहाचलमा कार्यरत लेखापाल प्रमोद निरौला विरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर गरेको छ ।  निरौलाले धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग १५ हजार घुस लिएको अवस्थामा पक्राउ परेका थिए । अख्तियारले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर अनुसार विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *