समयको गति र मनको खेल !

सेयर गर्नुहोस्

राजन श्रेष्ठ, धादिङ ।  भनिन्छ पैसाले सबै थोक किन्न सकिन्छ ।
तर कसैको मन किन्न सक्दिन !
मन आफैमा जिद्दी हुन्छ, मन आफैमा स्वतन्त्र हुन्छ !
जुन बेला जे पनि सोच्दिन सक्छ, जुन बेला जे पनि माग्दिन सक्छ !
जसमध्ये केही पाईन्छ त केही पाउनको लागि हामी हिडिरहेका हुन्छ,
मनको इसारामा  !!

म त्यही मन किन्न नसकेको मान्छे !
न पैसाले ,न बहानाले , न चाहनाले ,न त आशुले नै !!
हो म त्यही मन किन्न नसकेको मान्छे, यस्तै यस्तै सोच्दा सोच्दै मलाई केही पंक्तीहरु याद आउँछ । 

मिल्ने भए पैसाले किनेदिन्थे तिम्रो खुसी, मिल्ने भए पैसाले बनी दिन्थे तिम्रो खुसी ! 

मेरा मनहरु म आफैसँग संघर्ष गर्ने गर्छन् , साँच्चै मन किन्न सकिन्न त ?

लेख्ने नै हो भने यो विषयमा एउटा पूर्ण किताब लेख्न सकिन्छ, एउटा बहस चलाउन सकिन्छ ,
के मन लाई पैसाले किन्न सकिन्छ त ?

समय र मन को गति उस्तै हुन्छ, बदल्न त सकिदैन होला..  तर आफ्नो अनुकूलता पर्खनु सक्नु पर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *