गृह मन्त्रालयद्धारा ९ उपसचिवको सरुवा

सेयर गर्नुहोस्

२१ चैत, काठमाडौं । गृह मन्त्रालयले ९ जना उपसचिवको सरुवा भएको छ । गृहले बुधबार ९ जना उपसचिवको सरुवा गरेको हो । सरुवामा कृष्ण गैरे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट गृहमन्त्रालय, उपसचिव मोहनप्रसाद न्यौपाने जिल्ला प्रशासन कार्यालय अछाम, झंकनाथ ढकाल गृहमन्त्रालय र पुष्कर रानालाई विमानस्थलस्थित अध्यागमन कार्यालय पुर्याएको छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय सप्तरीका रेवतीरमण शर्मालाई तातोपानीस्थित अध्यागमन कार्यालय, सीता परियारलाई इलाका प्रशासन कार्यालय साँखुबाट त्रिअवि अध्यागमन कार्यालयमा पठाइएको छ । मनिता श्रेष्ठलाई जिल्ला प्रशासन भोजपुरबाट त्रिअवि अध्यागमन कार्यालय, शिवराज सेढाइलाई राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभाग र विजया कुमारी प्रसाईंलाई इलाका प्रशासन कार्यालय साँखुमा सरुवा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *