हतियार देखाएर मनी ट्रान्सफरको साढे १५ लाख रुपैयाँ लुटियो

सेयर गर्नुहोस्

२५ चैत, जनकपुरधाम ।  सिरहा सदरमुकाममा आइतबार बिहान ११ बजेको समयमा विष्णुपुरमा सञ्चालित शिव मनी ट्रान्सफरका लागि पुरुषोत्तम यादवले लिएर जाँदै गरेको साढे १५ लाख रुपैयाँ भारतीय मोटरसाइकलमा आएका हतियारधारी समूहले लुटेका छन् । 

सिराहाको ग्लोबल बैंकबाट निकालेर लैजाँदै गरेको १५ लाख ५० हजार रुपैयाँ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुई जना नाकाबधारीले पेस्तोल देखाउँदै लुटेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिए । भारततर्फ भागेको हुन सक्ने प्रहरीको आशंका छ । उनीहरूको खोजीकार्य तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *