गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त विरुद्ध कांग्रेस सर्वोच्च अदालत जाँदै

सेयर गर्नुहोस्

२६ चैत, काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्तविरुद्ध नेपाली कांग्रेस सर्वोच्च अदालत जाने भएको छ । आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सर्वोच्च जाने निर्णय गरेको हो । 

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार गण्डकी प्रदेशको मुख्यमन्त्री नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । अधिकारीले माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धिताललाई समेत जोडेर सरकार गठनका लागि बहुमत पुर्याएको र त्यो असंवैधानिक भएको भन्दै कांग्रेसले सर्वोच्च जाने निर्णय गरेको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *