कोशी प्रदेश सरकारमा सहभागी माओवादीका मन्त्रीहरूले दिए राजीनामा

सेयर गर्नुहोस्

२६ चैत, विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिएका छन् । संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र नयाँ सरकार गठनको प्रक्रिया थाल्ने निर्णय गरेपछी मन्त्रीहरुले राजीनामा दिएका हुन् ।

उनीहरु मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाउन मुख्यमन्त्री कार्यालयमा पुगेका थिए । कांग्रेस नेता केदार कार्की नेतृत्वको सरकारमा माओवादीबाट खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्र कुमार कार्की र पर्यटन, वन तथा वातावरण गणेश उप्रेती थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *