सभामुखसहित सत्तारुढ र प्रमुख प्रतिपक्ष दलका नेताहरुको बैठक लम्बिदा प्रतिनिधि सभाको बैठक बस्न ढिलाइ

सेयर गर्नुहोस्

२७ चैत, काठमाडौं । सभामुखसहित सत्तारुढ र प्रमुख प्रतिपक्ष दलका शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्दा प्रतिनिधि सभाको बैठक बस्न ढिलाई भएको छ । प्रतिनिधि सभाको बैठक सञ्चालनका विषयमा नेताहरूबीच छलफल चलिरहेको छ । नेपाली कांग्रेस गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गरिरहेको छ । सत्तारुढ दलहरू भने उक्त कुरामा सहमत छैनन् । छानबिन समिति नबन्दासम्म सदन चल्न नदिने कांग्रेसले अडान लिएको छ ।

दलहरूबीच कुरा नमिल्दा प्रतिनिधि सभाको बैठक सुरू हुन सकेको छैन । बालुवाटार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री रवि लामिछाने, कांगेस महामन्त्री गगन थापा, कृष्ण सिटौला र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *