दूधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु

सेयर गर्नुहोस्

२९ चैत, काठमाडौं । भोजपुरको आमचौक गाउँपालिका-१० स्थितमा दूधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ । बुधबार दिउँसो १ बजे आमचोक-६ देवानटारका २० वर्षीय सुदिप दर्जी र १८ वर्षीय अजय राई दूधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेका थिए । दुई जना डुबेको खबर पाएपछि इलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो । दुवै जना मृतकको शव पोष्टमार्टमका लागि धरान घोपा पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *