धनुषामा एक महिलाको हत्या

सेयर गर्नुहोस्

२ वैशाख, जनकपुरधाम । धनुषामा एक महिलाको हत्या भएको छ । धनुषाको हंसपुर नगरपालिका-७ की ५५ वर्षीया शुभ देवी मण्डलको हत्या भएको हो । धनुषाकै सहिदनगर नगरपालिका-४ ननुपट्टी (माइती) गएकी उनी शनिबार साँझ ७ बजदेखि सम्पर्कविहीन थिइन् । उनको शव आज बिहान सवा ९ बजेतिर गाउँनजिकै गहुँ खेतमा फेला परेको हो । मृतक मण्डलको शरीरको विभिन्न भागमा घाउचोट देखिएको छ ।

कसैले उनको हत्या गरेर खेतमा फालेको हुन सक्ने प्रहरीको आशंका छ । घटनास्थलको तालिम प्राप्त कुकुरबाट अनुसन्धानको लागि डग टोली आउन लागेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए । माइतमा एक जनाको मृत्यु भएकोले उनी गएकी थिइन् । साँझदेखि हराइरहेको उनको खोजतलासको क्रममा हत्या गरेको अवस्थामा शव फेला परेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *