विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा प्रबेश

सेयर गर्नुहोस्

३ वैशाख, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का केन्द्रीय राजनीतिक समितिका सदस्य विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा फर्किएका छन्। पाण्डेलाई सोमबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरे । पाण्डे डा। बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल हुँदै हाल नेपाल समाजवादी पार्टीमा क्रियाशील रहँदै आएका थिए । सोमबार बिहान उनी माओवादी केन्द्रमा फर्किएका हुन् । उनले सोमबार बिहान नेसपाको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको सामाजिक सन्जालमार्फत् जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *