एसीसी प्रिमियर कपमा नेपालसँग हङकङ पराजित

सेयर गर्नुहोस्

३ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालसँग हङकङ पराजित भएको छ । हङकङलाई ८ विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको छ । समूह ए मा तेस्रो जितका साथ नेपालको सेमिफाइनल यात्रा अव औपचारिकता मात्रै बाँकी छ । ११५ रनको लक्ष्य पछ्याएको नेपालले १२।२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । ओपनर आसिफ शेखले १८ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४० रन बनाए । अर्का ओपनर कुशल भुर्तेल १९ बलमा ३ चौका र २ छक्कासहित ३२ रन बनाए ।

नेपाललाई ओपनर कुशल भुर्तेल र आसिफ शेखले ५.३ ओभरमा ७० रन जोड्दै शानदार सुरुवात दिलाएका थिए । रोहित पौडेल २० बलमा ३ चौकासहित २५ रनमा नटआउट रहे । सन्दीप जोराले १७ बलमा १ चौका र १ छक्कासहित १९ रन बनाए । बलिङतर्फ हङकङका एहसान खान र यासिम मुर्तजाले १÷१ विकेट लिए । त्यसअघि अल अमरेत क्रिकेट ग्राउण्ड १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङ १७।५ ओभरमा ११४ रनमा अल आउट भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *