सामाजिक सञ्जालबाट व्यक्तिको चरित्र हत्या गरेको आरोपमा युवति पक्राउ

सेयर गर्नुहोस्

३ वैशाख, काठमाडौं । सामाजिक सञ्जालबाट व्यक्तिको चरित्र हत्या गरेको आरोपमा प्रहरीले बझाङकी रश्मिला धामीलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले उनलाई काठमाडौंको टोखाबाट पक्राउ गरेको हो । एक युवतीले सामाजिक सञ्जालबाट आफ्नो चरित्र हत्या गरेको भन्दै उजुरी दिएपछि उनलाई पक्राउ गरेको साइबर ब्यूरो स्रोतले जनाएको छ । आइतबार पक्राउ परेकी उनीमाथि अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीले अनुमति माग गर्दै सोमबार जिल्ला अदालत काठमाडौंमा पेश गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *